छलफल जारी छ, निष्कर्षमा पुगिएको छैन : योगेश भट्टराई

डिसी नेपाल
२७ वैशाख २०७८ १३:२५
304
Shares

काठमाडौं । नेकपा एमाले (नेपाल) समूहका नेता योगेश भट्टराईले छलफल जारी रहेको बताएका छन्। एमाले संसदीयदलको कार्यालय सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलसँग भएको छलफलपछि प्रतिक्रियादिँदै भट्टराईले छलफल जारी रहेको र कुनै पनि निष्कर्ष नआएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन राजीनामा दिन तयार भएका माधव नेपाल समूहले एकाएक राजीनामा रोकेर संसदमा अनुपस्थित हुने निर्णय गरेको थियो। राजीनामाका लागि सिंहदरवारमा उपस्थित भएका नेताहरु संसदमा अनुपस्थित हुने निष्कर्ष निकाल्दै बाहिरिएका थिए।

नेपाल समूहमा राजीनामा दिन नहुने निर्णयमा पुगेका नेता योगेश भट्टराई, गाकर्ण विष्ट र घनश्याम भुषालले अर्थमन्त्री पौडेलसँग छलफल गरेका हुन्। प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *