संसदमा मत विभाजनकाे तयारी पूरा, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

डिसी नेपाल
२७ वैशाख २०७८ १५:३८

काठमाडाैं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधनपछि अन्य दलका नेतृत्वले धारणा राख्ने र त्यसको जवाफ पुनः प्रधानमन्त्रीले दिनुभएपछि विश्वासको मत लिने प्रक्रिया शुरु हुने सचिवालयले जनाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यैपानेकाअनुसार ‘हुन्छ‘, ‘हुन्न‘ र ‘मत दिन्न‘ गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। साथै कोभिड सङ्क्रमित सांसदहरुका लागि ल्होत्से हलमा मतदानको व्यवस्था मिलाइएको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *