संसदको विश्वास गुमाएको मन्त्रिपरिषदको बैठक जारी
काठमाडौं। सोमबार संसदको विश्वास गुमाएको मन्त्रिपरिषदको बैठक जारी छ। सोमबार मन्त्रिपरिषदको नियमित बैठक बसेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ। सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो। प्रस्तावको पक्षमा मात्र ९३ मत पर्यो भने विपक्षमा १२४ मत।]
प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा बसिरहेको मन्त्रिपरिषदको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री बसन्त नेम्वाङ ,भूमि सुधारमन्त्री शिबमाया तुम्हाम्फे,परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावाली ,अर्थमन्त्री बिष्णु पौडेल , शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ सहभागी छन्।
प्रतिक्रिया
Facebook Comment