राष्ट्रपतिको लिखित आदेश सभामुखद्वारा रोष्टमबाटै उल्लंघन

डिसी नेपाल
२८ वैशाख २०७८ ६:४६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको लिखित आदेशको उल्लंघन गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक बोलाएका छन्।

सभामुख सापकोटाले बैशाख ३० गते बस्ने गरी विशेष अधिवेशनको अर्को बैठक बोलाएका छन्। र, उनले यो घोषणा सोमबारको बैठकको समापन गर्ने बेलामा रोष्टमबाटै गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको एकदिने विशेष अधिबेशन आह्वानसम्बन्धी पत्र पढेर शुरु भएको संसदको विशेष अधिबेशन अर्को दिनलाई पनि किन बोलाइयो?  धेरैले वास्ता नगरे पनि यो विषय संसदीय परम्परा र मर्यादामा एउटा अनौठो घटना थियो।

राष्ट्रपति भण्डारीले प्रयोजन खुलाएर प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरेको र उनको आह्वानअनुसार बैठक बसी प्रधानमबन्त्रीमाथि विश्वास भए नभएको सम्बन्धी प्रस्तावमा मतदान भइसकेको थियो।

मतका अन्तिम परिणाम सुनाइसकेपछि बैठक समापन गर्ने बेलामा सभामुख सापकोटा अर्को बैठक बैशाख ३० गतेका लागि बस्ने आफ्नै सूचना पढेर सुनाएका थिए।(हेर्नुहास् भिडिओ क्लिप)

नेपालको संविधानअनुसार, संसदको बैठक बोलाउने र अन्त्य गर्ने अधिकार मन्त्रिपरिषद्मा निहित छ। संसदको बैठक बोलाइसकेपछि संसदलाई काम दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो। सरकारको लिखित निर्णय र अनुरोधका आधारमा राष्ट्रपतिले संसदको अधिबेशन आह्वान र अन्त्य गनुपर्ने संबैधानिक व्यबस्था छ।

तर, बैशाख ३० गतेका लागि सरकारले संसदलाई कुनै विजनेस दिएको छैन। र, एक दिनका लागि मात्र बोलाएकाले संसदको बैठकको अधिबेशनको औचित्य नै समाप्त भइसकेको अबस्थामा फेरि बैठक बोलाएपछि प्रधानमन्त्री ओली झस्किएका थिए।

सभामुखले विशेष अधिबेशन विना विजनेस तन्काएर बैशाख ३० गते पनि बोलाएपछि विश्वासको मतमा पराजित भइसकेर काम चलाऊ बनेको ओली सरकारको मन्त्रिपरिषद्को बैठक तत्काल बस्नु परेको थियो । सो बैठकले संसदको विशेष अधिबेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

ओलीलाई सत्ताच्युत गरी अर्को सरकार पनि एकदिने अधिवेशन नै तन्काएर गठन गर्ने माओवादी रणनीतिअन्तर्गत सभामुखले राष्ट्रपतिको लिखित आदेशलाई ठाडै चुनौती दिएका थिए। सांसदहरुलाई संसदमा नै इन्गेज गर्दै माओवादीसमेतको संलग्नतामा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयां सरकार गठन गर्ने रस्साकस्सीको खेलमा सभामुखको प्रयास देखिएको छ।

एकदिनलाई र एउटा प्रयोजनलाई बोलाएको बैठकको अर्को मिति तय गरेपछि राष्ट्रपति कार्यालयले फेरि संसद अधिबेशन अन्त्य गरेको आदेशसहितको पत्र संसद सचिवालयमा पठाएको थियो ।

पत्रमा संसदको २७ गतेको बैठक सकिएको र ३० गतेका लागि बोइलाइएको बैठकसमेत अन्त्य भएको उल्लेख गरिएको छ । राष्ट्रपतिको आदेशबमोजिम प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सोमबार राति नै एक ‘सूचनापत्र’ जारी गर्दै ३० गते बोलाइएको बैठक पनि अन्त्य भएको जानकारी गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *