यस्तो छ लुम्बिनीमा हुने राष्ट्रियसभा उपनिर्वाचनको कार्यक्रम

डिसी नेपाल
२८ वैशाख २०७८ १७:३९
348
Shares

काठमाडौं। निर्वाचन आयोगले मंगलबार लुम्बिनी प्रदेशबाट अन्य समूहको राष्ट्रियसभामा रिक्त एक सिटका लागि हिुने उपनर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी जेठ १७ गते हुने निर्वाचनका लागि आयोगले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

आयोगका अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, जेठ ५, ६ र ७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, जेठ ८ गते उम्मेदवारले नाम फिर्ता लिने र जेठ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

माओवादीबाट निर्वाचित चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि उनको सिट रिक्त भएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन गर्नुपरेको हो। बागमती प्रदेशमा पनि एक सिटका लागि उपनिर्वाचन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *