उपत्यकामा मात्रै करिब ४ हजार संक्रमित थपिए, कुन जिल्लामा कति ?

डिसी नेपाल
२८ वैशाख २०७८ १८:३१

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जना गरी ३ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, झापामा २६४, मोरङमा ३५०, सुनसरीमा १७४, धनुषामा १६५, पर्सामा ११३, रुपन्देहीमा ७०९, बाँकेमा ५०६,कास्कीका ३७०,  कैलालीमा २९५, दाङमा २६५ , मकवानपुरमा ११६, कपिलवस्तुमा ११७, सुर्खेतमा २६४, चितवनमा १२४, काभ्रेमा १५५ र धादिङमा ११५ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार नेपालमा ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ५९६ जनाको पीसीआर र ७२० एन्टीजेन परिक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २२५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन् ।

हालसम्म कोरोनाको कारण ४ हजार ८४ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *