होम आइसोलेशनमै महिलाको मृत्यु – Dcnepal

होम आइसोलेशनमै महिलाको मृत्यु

सांकेतिक तस्वीर


त्रिशूली । होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका –२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्लास्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित महिला आफ्नै घरमा एकान्तबाँसमा रहेका समयमा मृत्यु भएको जानकारी दिए । उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसगैँ जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ । रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो