अमेरिकाले आफ्ना नागरिकलाई ‘नेपाल नजानू’ भन्यो

डिसी नेपाल
२९ वैशाख २०७८ १६:४९

काठमाडौं। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले आफ्ना नागरिकलाई नेपालको यात्रा नगर्न एडभाइजरी जारी गरेको छ । बुधबार नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै आफ्ना नागरिकका लागि यस्तो एडभाइजरी जारी गरेको हो । सीडीसीले नेपालको हकमा लेभल ४ स्तरको एडभाइजरी जारी गरेको छ । यो भनेको अत्यन्तै कडा स्तरको एडभाइजरी हो ।

नेपालमा कोरोनाभाइरस महामारीको दोस्रो लहर अत्यन्तै घातक रुपमा फैलिएपछि अमेरिकाले यस्तो एडभाइजरी जारी गरेको हो । दूतावासले नेपालमा रहेका र नेपाल छाड्न चाहने अमेरिकी नागरिकका लागि चार्टर्ड उडानको व्यवस्था गर्न लागेको बताउँदै त्यसमा अमेरिका फर्किन चाहनेले एक फाराम भर्न भनेको छ । दूतावासले नेपाल सरकारसँग अमेरिकासम्मको लागि चार्टर्ड उडान संचालन गर्नको लागि अनुमति मागिएको पनि बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *