‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति मजाक मात्र थियो : गृहमन्त्री सुधन गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो गृहजिल्ला गोरखामा दिएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्तिलाई लिएर स्पष्टीकरण दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासा मेटाउँदै उनले यो भनाइलाई मजाक (जोक)को रूपमा लिएको बताएका हुन्।
पत्रकारले ‘भोट फिर्ता कसरी गर्न मिल्ने हो र यसबारे भित्र के सल्लाह भयो?’ भनी सोधेको प्रश्नमा उनले भने, ‘हामी त्यहाँभित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त? आफ्नो मतदातासँग जोक गर्नु हुँदैन त?’
गत हप्ता गोरखाको नाम्जुङ पुग्दा स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी वाचा सम्झाएपछि मन्त्री गुरुङ आक्रोशित बनेका थिए। उनले छोटो समय अर्थात् चार महिनाभित्रै सबै विकास निर्माणका कामहरू सम्पन्न नहुने स्पष्ट पार्दै आक्रोशमा उक्त अभिव्यक्ति दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment