सगरमाथाको सफल आरोहणपछि बहराइनी राजकुमार काठमाडौं फर्के

फुर्पा शेर्पा
२९ वैशाख २०७८ १८:४५

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफा काठमाडौं आइपुगेका छन्।

राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टोली काठमाडौं आइपुगे सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले डिसी नेपाललाई जानकारी दिए। टोली काठमाडौंस्थित मेरियट होटलमा बसेको छ।

कोरोना माहामारीपछि यो वर्ष सगरमाथा आरोहणका लागि सरकारले पहिलो पटक अनुमति दिएको थियो। यो पटक दुईवटा आरोहण दलले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन्। बहराइनी राजकुमारको दल दोस्रो हो।, सगरमाथाको नयाँ उँचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो।

सगरमाथा आरोहणका लागि राजकुमार खलिफाससिहतको टोली चैत २ गते नेपाल आइपुगेका थियो। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *