कर्णालीका तीन मन्त्री शपथ ग्रहण नगर्दै बरखास्त

डिसी नेपाल
३१ वैशाख २०७८ २०:०८
1.7k
Shares

काठमाडौं। कर्णाली प्रदेशका तीनजा मन्त्रीहरु शपथ ग्रहण नगर्दै बरखास्त भएका छन्। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गत शनिबार आफ्नै पार्टीका तीनजना प्रदेशसभा सदस्य विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मालाई मन्त्री नियुक्त गरेका थिए। उनीहरुले आइतबार मन्त्री पदको शपथ लिने कार्यक्रम पनि तय भइसकेको थियो।

तर, शुक्रबार उनीहरु बरखास्तीमा परेका छन्। यसको कारण भने सरकारलाई हाल बाहिरबाटै समर्थन गरिरहेको काँग्रेस र माओावदीबीचको विवाद हो। काँग्रेसले दुई मन्त्रीसहित सरकारमा जाने तयारी गरिरहेका बेला मुख्यमन्त्री शाहीले एकलौटी मन्त्रिपरिषद विस्तार गर्दै आफ्नै पार्टीका तीनजनालाई मन्त्री नियुक्त गरेका थिए। तर, काँग्रेसले जे पनि हुन सक्ने बताएपछि नवनियुक्त मन्त्रीहरु शपथ ग्रहण नगरी बरखास्तीमा परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *