‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान

डिसी नेपाल
३ जेठ २०७८ ६:५४
32
Shares

ताप्लेजुङ। ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ। पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा शुरु गरेको छ। तेल्लोकमा शुरु गरिएको सेवा सञ्चालनका लागि कर्मचारीसहितको सेवा सुविधा गाउँपालिकाले बेहोर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जीव सिंहले बताए।

विगतका दिनमा पालिकाभित्रका नागरिक रेडियोग्राफी र ल्याब सेवा लिनका लागि धेरै खर्च गरेर ताप्लेजुङको सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुपथ्र्यो। अहिले आफ्नै गाउँपालिमा त्यस्तो सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएको सिंहले बताए।

गाउँपालिकाकै स्रोतबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाका लागि मेडिकल अधिकृत, रेडियोग्राफी र ल्याब सेवासमेत उपलब्ध गराइएको उनले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *