अमेरिकी राष्ट्रपति वाइडेनले डेढ लाख डलर कर तिरेको खुलासा

डिसी नेपाल
४ जेठ २०७८ ४:४५

वासिंगटनडिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको परिवारको कुल आय ६ लाख ७ हजार ३ सय ३६ अमेरिकी डलर रहको र उनको परिवारले १ लाख ५७ हजार ४ सय १४ डलर ऋण लिएको सन् २०२० को विवरण सार्वजानिक भएको छ । वाइडेन र उनको परिवारले गतबर्ष १ लाख ६२ हजार ६३ डलर सरकारलाई कर तिरेको र यसमध्ये ४ हजार ६ सय ४९ डलर फिर्ता पाएको विवरण सार्वजानिक भएको छ । राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको सन् २०२० को करसम्बन्धी विस्तृत विवरण ह्वाइट हाउसले आज सार्वजानिक गरेको हो ।
अमेरिकी संचारमाध्यमहरुको अनुसार, उपराष्ट्रपति ह्यारिस र उनका पतिको गतबर्षको कुल आम्दानी १६ लाख ९५ हजार २ सय २५ डलर रहेको र यसमध्ये ६ लाख २१ हजार ८ सय ९३ डलर रकम राज्यलाई कर तिरेको विवरण सार्वजानिक गरिएको छ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकालभर कुनै पनि आम्दानी र करको विवरण सार्वजानिक नगरी राष्ट्रपतीय परम्परा तोडेका थिए । पुरानो परम्परालाई कायम राख्दै आर्थिक पारदर्शिताका लागि राष्ट्रपति वाइडेन र उपराष्ट्रपति ह्यारिसले आआफ्नो आम्दानी र करको विवरण सार्वजानिक गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *