मुगुमा कोरोना संक्रमण फैलिँदै, तर नियन्त्रणमा सरोकारवाला उदासिन

डिसी नेपाल
५ जेठ २०७८ १७:५६

मुगु। बुधबार विहान छायाँनाथ रारा नगरपालिकाले वडा नं ७ मा ५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनाको रिपोट पोजेटिभ आयो। सोहि दिन जिल्ला अस्पताल मुगुमा १० जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनाको रिर्पोट पोजेटिभ आयो। विहीबार सोरु गाँउपालिको तारापानीमा १० जनाको परीक्षणमा ७ जना पोजेटिभ रिपोर्ट आयो।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि जिल्ला अस्पतालमा महिनाको दोस्रो सातामा आफै परीक्षण गर्न आउनेहरु मध्ये केहीमा संक्रमण पुष्टि हुने गरे पनि पछिल्लो समयमा यहाँका स्थानीय सरकार तथा जिल्ला स्वास्थ्य सेवा कार्यालयले परीक्षणको दायरा बढाउँदा जता परीक्षण संक्रमित फेला थालेका छन्।

प्रत्येक परीक्षणमा संक्रमितहरु देखिन थालेपछि समूदाय स्तरसम्मै कोरोना फैलिएको पुष्टि भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र मुगुका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटी बताउँछन्।

स्वास्थ्य सेवा कार्यालय मुगुका कोभिड १९ फोकल पर्सन दीपबहादुर रावलका अनुसार मंगलबारसम्म मुगु जिल्लामा ८३१ जनाको एन्टिजेन परीक्षण गर्दा १५२ जनाको रिर्पोट पोजेटिभ आएको छ। संक्रमित मध्ये ३० जनाले कोरोना जितेका छन। मंगलबारसम्म १०२ जना संक्रमितहरु होम आइसोलेशनमा बसेका छन् भने १ जना जिल्ला अस्पताल मुगुमा उपचारत छन्।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा १९ जनाको उपचार भैरहेको छ। जिल्लामा संक्रिय संक्रमितको संख्या १२२ रहेको सूचना अधिकारी पशुराम नेपालीले जानकारी दिए।

छायाँनाथ रारा नगपािलककामा ९२ जना(जिल्ला अस्पताल सहित), खत्याड गाँउपालिका(प्राथमिक स्वास्थ्य केन्द्र रातापानी सहित) ३५ जना, मुगुम कार्मारोङ्ग गाँउपालिकामा ४ जना र सोरु गाँउपालिकामा २१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ।

गत वर्ष पहिलो लहरमा जिल्लामा ३८ जना संक्रमित भएका थिए। गत बैशाख १३ गते यता मंगलबारसम्म २३ दिनभित्र १५२ जना संक्रमित भेटिएका छन्।

गतवर्ष सबै सरोकारवालाहरुले सजकता अपनाएका थिए। त्यो बेला जिल्ला बाहिरबाट आएकालाई १५ दिनसम्म स्थानीय सरकारहरुले बनाएका क्वारेन्टिनमा राखिन्थ्यो। कोही संक्रमित भेटिएमा त्यो क्षेत्र सिल गरिथ्यो र संक्रमितको कन्ट्रयाक टे्रसिङ्ग गरेर अन्य संक्रमित पत्ता लगाइन्थ्यो।

पहिलो लहरमा कोरोना समूदायसम्म फैलिन पाएको थिएन। तर यो पटक नत परीक्षण बढाइएको छ नत जिल्लाामा भित्रनेहरुलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना पोजेटिभहरुलाई होम आइसोलेशनमा बस्नु भन्दै घर पठाइएको छ। संक्रमित घरमा बसेको छ कि बाहिर घुमिरहेको छ कतैबाट निगरानी छैन। बजारमा निषेधाज्ञा लगाइए पनि त्यो निषेधाज्ञा जस्तो नै छैन मान्छेहरुको भिडभाड उस्तै छ।
छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेख गाँउका स्थानीय ज्ञानबहादुर शाही गाँउ गाँउमा ज्वरो आउने, हातगोडा दुख्ने, बान्ता गर्ने, टाउको दुख्ने लक्षण भएका विरामी घर घरमा रहेको बताउँछन्।

जटिल संक्रमितलाई रिफर

जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जिल्लामा उपचारत जटिल १ जना कोरोना संक्रमितलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालहरुमा उपचार गर्न बुधबार रिफर गरेको छ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकामा रहेको कर्णाली माध्यामिक विद्यालयका प्रधानाध्यापक गोविन्द्र ढकाललाई कोभिडका कारण स्वास्थ्यमा समस्या बढदै गएपछि उनकै परिवारको निजी लगानीमा थप उपचारका लागि बुधबारै कैलास हेलिकोप्टर सर्भिसेसको हेलिकोप्टरबाट काठमाडाैंस्थित हेम्स अस्पतालमा पठाइएको हो।

दुर्गमका अस्पतालमा आईसीयू र भेन्टिलेटर नहँुदा जटिल कोरोना संक्रमितहरुको उपचार गर्न समस्या हुँदै आएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *