मन्त्रिपरिषद्को निर्णय: आमाको नागरिकता भए अब वंशजका आधारमा नागरिकता पाइने

डिसी नेपाल
६ जेठ २०७८ १९:०२
1.9k
Shares

काठमाडौं। आमाको नाममामात्र नागरिकता भएकाहरुले अब वंशजका आधारमा नागरिकता पाउने भएका छन्। विहीबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकको व्यवस्थाबारे निर्णय गरेको हो। यो निर्णयले खास गरी तराई क्षेत्रमा वंशजको नागकिरता पाउनबाट वञ्चितहरुले नागरिकता प्राप्त गर्नेछन्। मधेशवादी दलहरुले यो व्यवस्थाको माग गर्दै आएका थिए।

जनता समाजवादी पार्टीको मागअनुसार सरकारले निर्णय गरेको हो। यो निर्णयपछि विहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता भएको छ। तर, वार्तामा के कुरा भयो भन्ने विषयमा भने केही खुलाइएको छैन।

विहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनका लागि मार्गप्रस्सत गर्ने जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *