कर्णाली प्रदेश सरकारको आधिकारिक धारणा : प्रदेश अस्पताल संघ मातहत जाँदैन

डिसी नेपाल
७ जेठ २०७८ ८:३३

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल संघीय सरकार मातहत नजाने बताएका छन्।

बिहीबार कर्णाली प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।

यो भन्दा अगाडि जेष्ठ ३ गते सोमवार कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले सामाजिक संजाल आफ्नो आधिकारिक फेसबुकबबाट कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेका आइसीएस बैठकले सुर्खेत प्रादेशिक अस्पताल संघ अन्तर्गत बनाउने निर्णयका लागि मन्त्रिपरिषदमा प्रस्ताब लैजाने गरेको निर्णय सार्वजनि गरेका थिए।

‘कर्णाली प्रदेश सरकार नेपालको संघीयता कार्यन्वयनमा प्रतिबद्ध छ। संघीय सरकारले दिएको अधिकार प्रयोग गर्दै अहिलेसम्म काम गरिरहेको छ संघीय सरकार पनि प्रदेश सरकारको अधिकार खोस्ने गरेर काम गर्छ भन्ने लाग्दैन, ‘मुख्यमन्त्री शाहीले भने, ‘कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेका आइसीएसको बैठकले आफ्नो अधिकार भन्दा बाहिरको काम गर्न खोजेको देखियो त्यो उहाँहरुको गलत हो।’

कर्णाली प्रदेश सरकारले कोभिडका बिरामीहरुलाई अस्पतालमा उपचार गर्न सकिँदैन भनेर नभनेको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार कर्णालीका जनताको लागि जहिले पनि अभिभावक भएर काम गरिरहेको बताए । प्रदेश सरकार कर्णालीका जनताको ज्यान बचाउनको लागि लागिरहेकोले कसैलाई पनि नआत्तिन मुख्यमन्त्री शाहीले आग्रह समेत गरे।

कर्णाली प्रदेश अस्पताल चलाउन सकिएको छ वा छैन त्यो हिजो संघीय सरकारमा हुँदाको क्षेत्रीय अस्पताल र अहिलेको प्रदेश अस्पतालमा भिन्नता सहजै छुट्याउन सकिने उनको भनाइ छ । काम गर्दा कहिले काहि समस्या हुने भन्दै मुख्यमन्त्री शाहीले समस्याको सामाधान खोजेर अगाडी बढ्ने भन्दा समस्याबाट भागेर जाने प्रचलन बढिरहेको बताए ।

‘काम कसरी भैरहेको छ त्यो नबुझिकनै कुनै एक व्याक्तिको स्वार्थको लागि संघीय सरकारको आधिकारिक निकाय नभएको जस्तो गरी आइसीएसको बैठकले यसरी निर्णय गर्नु दुखद हो, ‘मख्यमन्त्री शाहीले भने, ‘ कर्णाली प्रदेश अस्पताल कणालीको एक गौरबको योजना भएकोले यो चन्दा उठाएर भए पनि कर्णालीका जनताले संचालन गर्न सक्छन्।’

हाल कर्णाली प्रदेशमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कर्णाली प्रदेश सरकारले १३५ प्रतिशत सम्म प्रोत्साहन भत्ताको व्यावस्था गरेको छ।

कर्णाली प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणको लागि प्रदेश सरकारबाट गरिएको उपरोक्त प्रयास तथा उपलब्धिका बाबजुत प्रदेश सरकार अन्तरगत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकार मातहत लैजाने भनी विभिन्न संचार माध्यम र सामाजिक संजालमा समाचार सम्प्रेषित भएकोमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री शाहीले बताए ।

मध्यपश्चिम क्षेत्रीय अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याएको प्रदेश अस्पतललाई कर्णाली प्रदेश सरकारले अस्पताल स्तरोन्नतिको लागि प्रदेश सरकारबाट विगत आर्थिक बर्षहरु र चालु आर्थिक बर्षमा चालु र पुँजिगत गरी रु १ अरब ९५ करोड भन्दा बढि रकम विनियोजित गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद कार्पीले बताए।

संघीय सरकारमा हुदा बर्षमा कर्मचारीको तलब सहित धौ धौ ले रु २ करोड बजेट दिने गरेको संघीय सरकारले प्रदेशमा सरकारको मातहतमा आउदा रु १ अरब ९५ करोड भन्दा बढि रकम खर्चिसकेको छ। अस्पतालमा भिविन्न विषशज्ञ सेवा संचालन भैरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *