अमेरिकी सेनासहितका उच्च सैनिक अधिकृतलाई राजदूत खतिवडाको लेक्चर

डिसी नेपाल
१२ जेठ २०७८ ७:२६

वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सेनाको वार कलेजमा दक्षिण एशिसाको राजनीति र शक्ति सन्तुलनको अवस्थाबारे लेक्चर दिएका छन्।

अमेरिकी सेनाको वार कलेजले आयोजना गरेको सो कार्यक्रमा राजदूत खतिवडाले दक्षिण एशियाको राजनीति र शक्ति सन्तुलनको अवस्थाका अलावा मुख्यता नेपाल र अमेरिकाबीचको सौहार्दपूर्ण सम्बन्धका बारेमा नेपालको धारणा उच्च सैनिक अधिकृतहरुमाझ राखेका थिए।

वार कलेजमा फुल कर्णेल र ब्रिगेडियर तहका सैनिक अधिकृतहरु अध्ययनरत हुन्छन्। अमेरिकी सेनको वार कलेजमा अमेरिकी सैनिक अधिकृतका अलावा विश्वका धेरै देशका एक एक जना उच्च सैनिक अधिकृतहरु पनि अध्ययनरत हुन्छन्।

वासिंगडन डिसीस्थित नेपाली दूतावासका अनुसार, राजदूत खतिवडाले भर्चुअलमाध्यमबाट दिएको लेक्चरमा अमेरिकाले दौत्यसम्बन्ध शुरु भएदेखि नै नेपाललाई पुर्याउँदै आएको सहयोगका बारेमा आफ्नो धारणा राखेका थिए।

उनले सहभागी सैनिक अधिकृतहरुका जिज्ञाशाहरुको जवाफ दिँदै जलबायु परिवर्तन, खाद्य सुरक्षाजस्ता विषयहरुमा पनि बोलेका थिए। उनले कोभिड १९ को महामारीमा नेपालको अवस्था र यसले पर्यटन तथा अर्थतन्त्रमा पारेको असरका बारे पनि सहभागीहरुको जिज्ञासाको उत्तर दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *