मानिस बढीमा कति वर्षसम्म बाँच्न सक्छन् ? वैज्ञानिकले गरे खुलासा
काठमाडौं। मानिस कति वर्षसम्म बाँच्न सक्ला ? अहिले सबैभन्दा धेरै वर्षसम्म बाँचेकी जीवित व्यक्ति एक जापानी महिला हुन् जो ११६ वर्षकी छिन् । यसअघि कुनै मानिस सबैभन्दा धेरै वर्ष बाँचेको रेकर्ड १२२ वर्षको छ । मानिसको आयुको विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले एक मानिस अधिकतम कति वर्षसम्म बाँच्न सक्छ भन्ने मोटामोटी तथ्यांक निकालेका छन् । सिंगापुरका वैज्ञानिकहरुले मानिस अधिकतम कति वर्षसम्म बाँच्न सक्छ भन्ने पत्ता लगाउन खास किसिमका इन्डिकेटर बनाएका छन् ।
यी इन्डिकेटरलाई डाइनामिक अर्गेनिज्म स्टेट इन्डिकेटर (डोसी) भनिन्छ । यसबाट कुनै पनि मानिसको शरीरले उसलाई अधिकतम कति वर्षसम्म साथ दिन सक्छ भन्ने पत्ता लगाइन्छ । यसका लागि रगतको विशेष जाँच पनि गर्नुपर्छ । वैज्ञानिकहरुले रगतको जाँच गराएपछि आफूले बनाएको इन्डिकेटर र रगत जाँचको परिणामा मिलान गरेर हेरे । शोधमा यदि मानिसको स्वास्थ्य एकदमै सही रह्यो र परिस्थिति पनि त्यो मानिसको शरीरको अनुकूल रह्यो भने एक मानिस बढीमा १५० वर्षसम्म बाँच्न सक्छ भन्ने पत्ता लाग्यो ।
नेचर कम्युनिकेसन्समा प्रकाशित वैज्ञानिक शोधपत्रका अनुसार शोधकर्ताहरुले आयु सम्बन्धी भेरिएबल र आयु घट्ने ट्रेजेक्टरीलाई सिंगल मेट्रिकमा राखेर हेरे । जैविक भाषामा मानिसको आयु घट्नु भन्नाले शरीरका अंगले कम काम गर्नु र शरीर रोगले संक्रमित हुनुलाई बुझिन्छ । अर्को ठूलो कारण शरीरका डिएनए लगातार विभाजित हुनु पनि हो । यसो हुँदा रोगले धेरै असर गर्छन् र शरीरका अंगहरुले साथ दिन छोड्छन् ।
वैज्ञानिकहरुले अलग अलग उमेर समूहका मानिसहरुको रगतको नमूना लिए । रगतका कम्प्लिट ब्लड काउन्ट (सीबीसी) जाँचियो । यो जाँचमा रगतमा भएका सेता रक्तकोष, राता रक्तकोष र प्लेटेलेट्सको मात्रा हेरिन्छ । घट्दो उमेरको ट्रेजेक्टरी र सीबीसी मिलान गरेर हेर्दा कुन उमेरमा कुन सम्भावित रोगले के असर गर्छ भन्ने थाहा भयो । यी इन्डिकेटरले शरीरको क्षमतालाई बताउँछन् । डोसी र बढ्दो उमेरको आपसी सम्बन्धले यदि शरीरका सबै अंगले सन्तुलित तरिकाले काम गरिरहेका छन् र कुनै गम्भीर रोग छैन भने मानिस १२० देखि १५० वर्षसम्म बाँच्न सक्ने देखायो ।







डिसी नेपाल








Facebook Comment