महिलाको चरित्र हत्या गर्नेलाई कारवाही गर्नुपर्छः अध्यक्ष पराजुली
काठमाडौं । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले राष्ट्रपतिलगायत सार्वजनिक जीवनमा रहेका महिलालाई लक्ष्य गरी सुनियोजित तरिकाले अनर्गल टीकाटिप्पणी गर्ने दोषीलाई कारवाही गर्नुपर्ने बताएकी छन् ।
आयोगले आज आयोजना गरेको ‘लैङ्गिकहिंसा नियन्त्रणसम्बन्धी‘ भर्चुअल कार्यक्रममा उनले यस्ता कार्य गम्भीर मानवाधिकार हनन र दण्डनीय अपराध मानी दोषीलाई कानूनी कारवाही गर्न राज्यका संयन्त्र क्रियाशील हुनुपर्नेमा जोड दिइन्।
छलफलमा सहभागीले महिलाको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न किसिमका मनगढन्ते र कपोलकल्पित समाचार, कार्टुन, टिकटक आदि बनाई सामाजिक सञ्जालमा जथाभावी रूपमा प्रचारप्रसार गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याई उचित दण्ड सजाय गर्नुपर्ने माग गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment