सगरमाथाको सफल आरोहण गरेका बहराइनी राजकुमार सम्मानित

फुर्पा शेर्पा
१७ जेठ २०७८ १८:२२

काठमाडौं। नेपाल सरकारले सगरमाथाको सफल आरोहण गरेका बहराइन राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफालाई प्रमाण पत्रसहित सम्मान गरेको छ।

सोमबार ह्ययात होटलमा आयोजित एक कार्यक्रममा पर्यटन विभागका महानिर्देशकले रुद्रसिंह तामाङले प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

तामाङले राजकुमारसहितको १२ जनाको टोलीलाई सम्मान गरे। उनले महामारीको बिचमा पनि हिमाल आरोहण गर्न विदेशी आउनुले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक सन्देश जाने बताए।

राजकुमार खालिफाले नेपाल र नेपालीको स्वागतले खुशी भएको बताए । सगरमाथा चढ्दा पाएको प्रमाणपत्रले आफूलाई थप हौसला प्राप्‍त भएको उनको भनाइ छ। ‘हिमालको देशबाट सम्मान पाउँदा मलाई गर्व महसुस भएको छ,’ उनले भने।

बहराइनका राजकुमार गत वर्षको चैत २ गते नेपाल आएका थिए। उनको टीमले वैशाख २८ सगरामाथाको सफल आरोहण गरेको थियो। राजकुमार खलिफाको टोली मंगलबार विशेष विमान मार्फत स्वदेश फर्किँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *