नुवाकोटमा काँग्रेसद्वारा २० बेडको आइसोलेशन सेन्टर तयार

डिसी नेपाल
१७ जेठ २०७८ २१:१९
60
Shares

काठमाडौं। नेपाली काँग्रेस नुवाकोटले कोरोना संक्रमितको उपचारका लागि २० बेडको आइसोलेशन सेन्टर बनाएको छ। नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार भएको जानकारी दिएका छन्।

उनले आइसोलेशन सेन्टर तयार गर्न पार्टीका नेताहरु तथा विभिन्न व्यक्तिहरुले सहयोग गरेको जानकारी दिएका छन्। पार्टी सम्बद्ध शिक्षक संघ, उद्योग वाणिज्य संघका पदाधिकारी र विदेशमा रहेका नेपालीहरुले समेत आइसोलेशन सेन्टरका लागि सहयोग गरेको सभापति केसीले जानकारी दिएका छन्। उनले पढाइ सकेर बसेका वा स्वयम सेवा गर्न चाहने स्वास्थ्यकर्मीलाई आइसोलेशन सेन्टरमा सेवाका लागि आग्रहसमेत गरेका छन्।

सभापति केसीले भनेका छन्, ‘नुवाकोट जिल्लामा कोरोना संक्रमित भई अक्सिजन र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका मानिसहरुलाई चिकित्सक लगायत स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा राखि उपचार गर्न आवश्यक मापदण्डसहित पुरागर्ने गरी अस्थायी कोभिड अस्पताल (होल्डिङ सेन्टर) संचालनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *