सेयर बजारमा दोहोरो अंकको गिरावट

डिसी नेपाल
१८ जेठ २०७८ १५:४१
32
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से ११ दशमलव ६८ अंकले घटेर २७ सय ७१ दशमलव १५ विन्दुमा बन्द भएको छ। यस दिन नेप्से शून्य दशमलव ४२ प्रतिशत घट्यो।

सेयरमा बजारमा गिरावट आयसँगै कारोबार रकममा पनि कमी आएको छ।
मंगलबार २ सय १६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५९ करोड ८१ हजार बढीको कारोबार भएको छ।

मंगलबार कालिका पावर कम्पनीको सेयर मूल्य सर्किट लेवलमा कोरोबार भएको छ। यस्तै सबैभन्दा धेरै नेपाल रिइन्सोरेन्सको करिब ५७ करोड बढीको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *