गण्डकीमा मन्त्रिपरिषद् विस्तार: फणिन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त, न्यौपानेको मन्त्रालय हेरफेर

डिसी नेपाल
१७ भदौ २०८३ १२:३३

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्री नियुक्त तथा जिम्मेवारी हेरफेर गरेका छन्।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नेपाल समाजवादी पार्टी (नेसापा) का सांसद फणिन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री देवकोटाको पद तथा गोपनीयताको शपथग्रहणसमेत भइसकेको छ।

यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेको भने मन्त्रालय हेरफेर गरिएको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

ऊर्जा मन्त्री बनेका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखाबाट निर्वाचित सांसद हुन्। यस्तै मन्त्रालय हेरफेर भएका न्यौपाने पनि गोरखाकै नेपाली काठमाडौँ/गोरखाबाट निर्वाचित कांग्रेसका सांसद हुन्।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि गण्डकी प्रदेश सरकारमा ४ वटा मन्त्रालय रिक्त रहँदै आएका थिए। मुख्यमन्त्री पाण्डेले बहुमत कायमै राख्न र सरकारलाई पूर्णता दिन सत्ता साझेदार दल तथा समर्थक सांसदहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *