अन्तर्राष्ट्रिय उडानको सेड्युल सार्वजनिक

डिसी नेपाल
१८ जेठ २०७८ १८:१२
8.1k
Shares

कामाठाडौं। नेपाल उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडानको सेड्युल मंगलबार सार्वजनिक गरेको छ। सरकारले यसअघि मंगलबारदेखि चीन, कतार र कर्टीका लागि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको थियो।

सरकारको सोही निर्णयअनुसार प्राधिकरणले मंगबार उडान तालिका सार्वजनिक गरेको हो। ३० जुन सम्मका लागि उडान तालिका स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ। स्वीकृत तालिका अनुसार हरेक सोमबार कतारमा दुईवटा उडान हुनेछ। कतारको दोहाका लागि नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक सोमबार उडान गर्नेछन्।

यस्तै बुधबार बुधबार नेपाल एयरलाइन्सले भारतको दिल्ली उडान गर्ने छ भने विहीबार टर्किस एयरलाइन्सले टर्कीको इस्तानबुल उडान गर्नेछ। सरकारले चीनका लागि पनि अन्तर्राष्टिय उडान खुला गरेको थियो। तर मंगलबार प्राधिकरणले सार्वजनिक गरेको तालिकामा चीनका लागि भने उडान स्वीकृत गरिएको छैन।
उता भारतको दिल्लीका लागि भने यसअघि पनि उडान जारी राखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *