जेठ २५ गतेबाट ६० देखि ६४ वर्षका नागरिकलाई चिनियाँ खोप लगाइने
काठमाडौं । सरकारले चीनले अनुदानमा दिएको भेरोसेल खोप जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने भएको छ ।
देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख भोलि काठमाडौं आइपुग्नेछ ।
खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानु पर्ने मन्त्रालयले जनाएको छ।
भरोसेल पहिलो डोज लगाउनेलाई दोस्रो डोजको सुनिश्चितता हुने गरी व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment