नेपालमा २१ लाखले लगाए कोरोना खोप

डिसी नेपाल
१९ जेठ २०७८ ६:५७
60
Shares

काठमाडौं।नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या २१ लाख नाघेको छ। नेपालमा अहिले भारतमा निर्मित कोभिसिल्ड र चीनमा निर्मित भेरोसेल खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार २१ लाख १३ हजार ८० जनाले पहिलो डोज र ७ लाख १४ हजार १ सय ६३ जनाले दोस्रो डोज लगाएका छन्।

यसैबीच, नेपाललाई अनुदान स्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ। दश लाख खोपका मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो।

हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाज मार्फत् आठ लाख मात्रा खोप ल्याइएको हो।

बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ। एयरलाइन्सले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत ती दुईलाख मात्रा खोप निः शुल्क ल्याउने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *