को हुन् ती नेपाली डाक्टर जसको बारेमा अमेरिकी संसदको खोप कमिटीमा कुरा उठ्यो ?

डिसी नेपाल
२१ जेठ २०७८ ६:१७

वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाले तत्काल खोप उपलब्ध गराउने केही राष्ट्रहरुमा नेपालको नाम पनि पारेपछि अमेरिकाबासी नेपालीहरु खुसी भएका छन्।

नेपालमा कोरोना भाइरसको दोस्रो वेभको महामारी चल्दा नेपालका लागि सहयोग जुटाउन अहोरात्र खटिने र विभिन्न माध्यमबाट सहयोग नेपाल पुर्याउने अमेरिकावासी नेपालीहरुको प्रयास उल्लेखनीय रहेकै अवस्थामा अमेरिकाको तल्लो सदन हाउसको भ्याक्सिन कमिटीमा नेपालका एकजना डाक्टरको प्रसंग उठेको थियो ।

ओहायो राज्यबाट निर्वाचित अमेरिकी सांसद वेन्स्ट्रपले हाउस भ्याक्सिन कमिटीको बैठकमा आफ्नो निर्वाचन क्षेत्रका नेपाली मूलका एकजना डाक्टरले नेपाललाई नेपाललाई खोप सहायताको अत्यन्तै आवश्यकता परेको कुरा आफ्नो कार्यालयमा सम्पर्क गरी भनेको बताएका थिए।

उनले भनेका थिए, ‘ मेरो निर्वाचन क्षेत्रका एकजना डाक्टर जो नेपालबाट आएका हुन् उनले इण्डियाबारे सबैतिर हल्ला भएको, नेपालको बारेमा धैरै कतै नआएको तर मेडिकल सप्लाई र भ्याक्सिनको एक्सेस नेपालको नभएकोले अवस्था राम्रो नभएको कुरा उनले मेरो कार्यालयलाई बताएका थिए ।’( हेर्नुहोस् भिडियो पनि) ।

नेपाललाई खोप सहायताको आवश्यकताबारे बोल्ने क्रममा पीपीई र अन्य स्वास्थ्य सामग्रीको कुरा पनि उनले उठाए। संसदको सो कमिटीको बैठकमा उनले खोपको बौद्धिक सम्पत्ति अधिकार अरुलाई दिनुभन्दा बरु खोप निर्मार्ता कम्पनीहरुलाई नै ती मुलुकहरुमा खोप उत्पादनको अवसर दिनुपर्ने कुरा पनि उनले उठाएका थिए।

सांसद वेन्स्ट्रप रिपब्लिक पार्टीका ओहायो राज्यका प्रभावशाली नेता हुन्। मे १३ को बैठकमा नेपाली डाक्टरको प्रसंग उल्लेख गर्दै उनले उठाएको कुरा अहिले आएर अमेरिकी सरकारले सुनेको अनुभव गरिएको छ।

ओहायो राज्यबाट निर्वाचित सांसद भएकाले कुन डाक्टरले यसरी नेपालका बारेमा लविंग गरेका रहेछन् जसले नेपाललाई अमेरिकाबाट खोप सहायताको अति आवश्यकता छ भनेर घच्घच्याएको छ भन्ने कुराको खोजी गर्दै जांदा यसरी सांसदलाई बोल्न लगाउनेसम्मको लविंगमा ओहायोमा बसेर डाक्टरी पेशमा संलग्न डा.दामोदर पौडेल लागेको पत्ता लाग्यो।

डा. पौडेल ओहायोमा रहेका नेपाली र भुटानी समुदायमा निकै चर्चित नाम पनि हो। उनले अमेरिकाको महामारीको समयमा नेपाली र नेपाली मूलका भूटानीहरुलाई कोभिडसँग लड्न डाक्टरी सहयोगका अलावा सचेतना फैलाउने सामाजिक कार्यमा पनि योगदान दिएका थिए।

नेपालले चाँडै खोप सहयता पाउने आफ्नो विश्वास रहेको, आफूले विदेश मन्त्रालय उपमन्त्री नुल्याण्डसँग यसबारे गतहप्ता नै गम्भीर कुराकानी गरेको र तपाईंहरुको एड्भोकेसीले नेपाललाई खोप दिने निर्णय गर्न मद्धत पुर्याएको’ कुरा उल्लेख गरेका छन्।

अमेरिकी सांसदलाई नेपालबारे लविंग गर्ने उनै डाक्टर हुन् भन्ने पत्ता लागेपछि डिसी नेपालले डा. पौडेलसंग सम्पर्क गरेको थियो। डिसी नेपालसंग प्रतिक्रिया दिंदै डाक्टर पौडेलले आफूले अमेरिकी सांसद वेन्स्ट्रपको कार्यालयमा पटक पटक कुराकानी गरेको र नेपालको कठिन अवस्थाबारे अवगत गराउँदै नेपाललाई खोप तथा अन्य मेडिकल सामग्री उपलब्ध गराउने काममा पहल गरिदिन आग्रह गरेको बताए।

उनले यो कार्यमा सांसद वेन्स्ट्रपको सचिवालय, ओहायोको एउटा शहरमा निर्वाचित नेपाली मुलका भूटानी काउन्सिलम्यान भुवन प्याकुरेल, अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा, र संयुक्त राष्ट्रसंघका पूर्व उपमाहासचिव कुलचन्द्र गौतम तथा सुमनराज तिमिल्सिनाले आफूलाई निरन्तर गाइड गरेर सहयोग गरेको पनि बताए।

नेपालले चाँडै खोप सहयता पाउने आफ्नो विश्वास रहेको, आफूले विदेश मन्त्रालय उपमन्त्री नुल्याण्डसँग यसबारे गतहप्ता नै गम्भीर कुराकानी गरेको र तपाईंहरुको एड्भोकेसीले नेपाललाई खोप दिने निर्णय गर्न मद्धत पुर्याएको’ कुरा उल्लेख गरेका छन्।

होपवेलका मेडिकल डाइरेक्टरसमेत रहेका डा.पौडेल सेन्ट्रल ओहायो नेपाली एसोसिएशन (कोना) का अध्यक्ष पनि हुन्। उनी र नेपाली भाषी भुटानी तथा सिटी अफ रेनोस्वर्गका काउन्सिलम्यान भुवन प्याकुरेल मिलेर ओहायो राज्यबाट विजयी भएका सिनेटरहरु ब्राउन र पोर्टम्यानको कार्यालयमा नेपालका लागि खोप उपलब्ध गराउन व्यापक लविङ गरेका थिए।

सिनेटर ब्राउन सत्तारुढ डेमोक्रेटिक पार्टीका हुन् भने पोर्टम्यान रिपब्लिकन पार्टीका हुन्। सिनेटर ब्राउनसँगको बैठकमा त डाक्टर पौडेल र प्याकुरेलले अमेरिकास्थित नेपाली दूतावासका सेकेन्ड म्यान सहसचिव कुमार खरेल र गैरआवासीय नेपाली संघ, अमेरिकाका अध्यक्ष सुनील साहलाई पनि सहभागी गराएका थिए।

यसैबीच सिनेटर ब्राउनका तर्फबाट उनको कार्यालयले प्याकुरेल र डा. पौडेललाई एक पत्र लेख्दै  ‘नेपालले चाँडै खोप सहयता पाउने आफ्नो विश्वास रहेको, आफूले विदेश मन्त्रालय उपमन्त्री नुल्याण्डसँग यसबारे गतहप्ता नै गम्भीर कुराकानी गरेको र तपाईंहरुको एड्भोकेसीले नेपाललाई खोप दिने निर्णय गर्न मद्धत पुर्याएको’ कुरा उल्लेख गरेका छन्।

अमेरिकी सिनेटर र कंग्रेसम्यानहरुसँग नेपालका लागि गरेको लविंगबारेको जिज्ञाशामा डा.पौडेलले आफूलाई ओहायोका मेयरको चिकित्सकका रुपमा काम गर्ने क्रममा उनले नै सम्पर्क गराइदिएकोले लविंग गर्न सजिलो भएको डिसी नेपाललाई बताए।

नेपाललाई अमेरिकी सहायताको खोप अति आवश्यक छ भनेर अमेरिकी संसदमा कुरा उठाउन सांसद वेन्स्ट्रपलाई प्रेरित गर्ने डा.पौडेल र पत्नी डा. सञ्जु महतो दुबैै ओहायोमा चिकित्सा पेशमा संलग्न छन्।

सिनेटर ब्राउनले डा.पौडेल दम्पत्तिलाई नेपाली र नेपाली भाषी अमेरिकी समुदायमा महामारीको समयमा समेत उल्लेखनीय सेवा गरेको भन्दै सम्मानपत्र प्रदान गरेका छन्। यसैगरी ओहायोको सिटी अफ रेनोल्स्वर्गले एक रिजोलुसन नै पास गरी डा. पौडेल र डा.महतोलाई सम्मान गरेको छ। यो कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले समेत सहभागिता जनाएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *