प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

डिसी नेपाल
२१ जेठ २०७८ १४:०४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच सरकारमा सहभागिताका विषयमा छलफल भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा  भएकाे छलफलमा  सरकारमा सहभागी हुन तयार भएको जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र शरतसिंह भण्डारी सहभागी थिए। प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपषिद विस्तार गर्ने तयारी गरिरहेका बेला जसपा नेताहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले बिहीबार राति पनि जसपा अध्यक्ष ठाकुरसँग छलफल गरेका थिए। प्रधानमन्त्रील आजै जसपाबाट केही नेतालाई मन्त्रीको सपथ गराउने तयारी गरेका छन्।

माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरुले सम्हालेको सात मन्त्रालयमध्ये गृह बाहेकमा मन्त्रालयको जिम्मेवारी जसपालाई दिने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृहबा हेक उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन्। सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हालेका छन।

जसपा स्रोतले दिएको जानकारीअनुसार नेता राजेन्द्र महतोलाई उद्योग बाणिज्य तथा आपूर्ति, अनिल झालाई शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तवलाई खानेपानी, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *