जसपाबाट उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री बन्दै, आजै शपथ ग्रहण (सूचीसहित)

डिसी नेपाल
२१ जेठ २०७८ १७:३६
1.1k
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। जसपाबाट मन्त्री हुने व्यक्ति र मन्त्रालयको टुंगो लागेपछि शुक्रबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो। मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नेसमेत तय भइसकेको बालुवाटार स्रोतले जनाएको छ। ६ बजे शपथ ग्रहणका लागि समय तय भएकाे छ।

जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो। महतो उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री, शरदसिंह भण्डारी जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी, रेनुका गुरुङ, पर्यटन तथा नागरिक उड्डयन, विमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशंकर अरगरिया वन तथा वातावरण, लक्ष्मण लालकर्ण भूमिसुधार र एकवाल मिया खेलकुद तथा युवा मन्त्री बन्ने निश्चित भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *