यी हुन् पद मुक्त हुन लागेका मन्त्रीहरु

डिसी नेपाल
२१ जेठ २०७८ १८:३०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनःगठनगर्दा हाल मन्त्री रहेका चारजना बाहेक सबैलाई विदा गर्ने तयारी गरेका छन्।

यसरी पदमुक्त हुन लागेका मन्त्रीहरुमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटनमन्त्री भानुभक्र ढकाल, भूमिसुधार मन्त्री शिवमाया तुम्बाहाङ्फे, कृषिमन्त्री पद्मा अर्याल, बनमन्त्री प्रेम आले, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतो पदमुक्त हुन लागेका हुन्।

यसैगरी तीनजना राज्यमन्त्रीहरु स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि पदमुक्त हुने भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *