विपन्न विद्यार्थीका अभिभावकहरुलाई खाद्यान्न वितरण

डिसी नेपाल
२२ जेठ २०७८ २१:२२

भरतपुर । कोरोना कहरका कारण भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको राष्ट्रिय आधारभुत बिद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुलाई शनिबार खाद्यान्न वितरण गरिएको छ ।

दियालो परिवार नारायणगढ, बाल हेल्पलाइन नेपाल १०९८ र बालबालिकाको आपतकालिन उद्दार राहत संरक्षण तथा परामर्श सेवा अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद् नेपाल ललितपुरको आर्थिक सहयोगमा ७० जना विद्यार्थीहरुका अभिभावकहरुलाई खाद्यन्न वितरण गरिएको हो । बिद्यालयका प्रधानध्यापक ज्योती नारायण ढकालले पनि खाद्यन्न अभाब भएको भन्दै सहयोगको अपिल पनि गरेका थिए ।

अभिभावकहरु प्राय सबै विपन्न, चेपाङ , दलित र बिहान बेलुकाको छाक टार्नै मुस्किल पर्ने मात्रै छन्। खाद्यान्न वितरण कार्यक्रम दियालो परिवार नारायणगढका अध्यक्ष सुरेस खनालको अध्यक्षता तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति पार्वती रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *