ओलीको ६ बुँदे प्रस्तावमा नेपालको ६ बुँदे असहमित (पूर्णपाठ)
फाइल तस्वीर
काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ एक अपील जारी गर्दै ६ बुँदे प्रस्ताव अघि सारे। सो प्रस्तावलाई ओली समूहले ‘असाधारण’ भन्यो। पार्टीबाट निष्कासन गरिएका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको मिश्रित प्रतिक्रिया आयो। योगेश भट्टराईले सकरात्मक भने अरुले ‘जालझेल’।
त्यसपछि सोमबार माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएर बैठकले भने ओलीको प्रस्तावलाई अस्वीकार गरेको छ। यतिमात्र होइन, ओलीले अघि सारेको हरेक प्रस्तावमा माधव समूहले बुँदागत रुपमै असहमति जनाएको छ।
ओलीले प्रस्तावको पहिलो बुँदामा पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने भनेका थिए भने माधव समूहले ३ गते नभई २ गते पूर्वको अवस्थामा फर्काउनुपर्ने बताएको छ। जेठ ३ गते एमालेमा थप केन्द्रीय सदस्यहरु मनोनित भएका थिए। यही विषयलाई माधव समूहले अस्वीकार गरेको हो।
यस्तै माधव समूहले बुँदा नम्बर दुईलाई पनि जालझेलभन्दै यसले पार्टी एकता नहुने ठहर गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment