पाथिभरा विकास समितिका अध्यक्ष बरुवालकाे न्यूयोर्कमा कोरोनाबाट निधन
काठमाडौं। पाथिभरा विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना संक्रमणबाट अमेरिकाको न्यूयोर्कमा निधन भएको छ। अमेरिका घुम्न गएका बुरवाललाई कोरोना पोजेटिभ देखिएपछि न्यूयोर्कस्थित बेलभ्यू अस्पतालमा भर्ना गरिएको थियो।
पर्यटन व्यवसायीसमेत रहेका बरूवालकाे उपचारकै क्रममा बरुवालको आज विहान निधन भएको हो। उनको बुधबार विहान न्युयोर्कमै अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment