माधव समूहसँग एकता असम्भव, जेठ २ रटानको अध्याय सकियो : सूर्य थापा
काठमाडाैं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जेठ २ को रटानको अध्याय पनि सकिएको बताएका छन्। मंगलबार बिहान ट्विट गर्दै थापाले माधव नेपालको सर्त स्वीकारेर एकता नहुने दाबी गरेका हुन्।
थापाले भनेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असम्भव कोशिस छोडौं।’
पार्टी एकताका लागि एमाले अध्यक्ष केपी ओलीले आइतबार जारी गरेको ६ बुँदे अपिलप्रति पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जवाफ दिँदै विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनसहित संसद पुनर्स्थापनाको मागको रिटमा गरिएको हस्ताक्षर फिर्ता नहुने बताएको थियो ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment