लिम्पियाधुरा र लिपुलेकविनाको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन
फाइल फाेटाे
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन्। बजारमा नेपालको पुरानाको नक्सासहितको पाठ्यपुस्तक वितरण भइरहेको भन्दै मन्त्री श्रेष्ठले त्यस्ता पुस्तक जफत गर्न निर्देशन दिएका हुन्।
बुधबार भएको पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बैठकमा मन्त्री श्रेष्ठले नेपालको नयाँ नक्सा नछापिएको पुस्तक जफत गर्न निर्देशन दिएका हुन्। उनले पुरानो नक्सासहित पुस्तक प्रकाशन गर्ने प्रकाशकलाई कारबाही गर्नसमेत निर्देशन दिएका छन्।
शिक्षा सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने बताए। उनले यो विषयमा अनुगमन भइरहेको र गल्ती भेटिए कारबाही गरिने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment