प्रमुख दलका शीर्ष नेताहरूसँग सभामुखकाे छलफल
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व प्रधानमन्त्री तथा प्रमुख राजनीतकि दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राप्रपाका दीपक बोहोरा र नेमकिपाका प्रेस सुवाल सहभागी छन्।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले छलफलका लागि आमन्त्रण गरेका थिए। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए। आजको छलफललाई राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment