नरोत्तम वैद्यलाई आत्मआलोचना गर्न निर्देशन
काठमाडौं। बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै लिएर अमार्यदित टिप्पणी गरेका काँग्रेस सांसद नरोत्तम वैद्यलाई आत्मआलोचना गर्न काँग्रेसले निर्देशन दिएको छ। वैद्यले ओलीले देश खाइसकेको भन्दै आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। त्यसको चौतर्फी आलोचना भइरहेको छ।
बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आत्मआलोचना गर्न निर्देशन दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेस सांसद नरोत्तम बैद्यले आज वाग्मती प्रदेशशभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम,परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु। जय नेपाल!’
कांग्रेस सांसद नरोत्तम बैद्यले आज वाग्मती प्रदेशशभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम,परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु l
जय नेपाल— ईन्द्रबहादुर बानियाँ (@indrabahadur81) June 11, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment