नागरिकतामा जालसाजी प्रकरणः सर्वोच्चले कर्णालीका मन्त्री थापाबारे यसअघिका फैसला मगायो

डिसी नेपाल
३० जेठ २०७८ १७:००
384
Shares

काठमाडौं। कर्णालीका मन्त्री अम्मरबहादुर थापा फौजदारी अभियोगमा दोषी ठहर भएपछि नागरिकतामा जालसाजी गरेको अभियोमा सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आइतबार यो विषयमा यसअघि सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतले गरेका फैसलाको फाइल मगाएको छ। सर्वोच्चले आइतबार तीनै वटै तहका फैसलाका सक्कल मिसिल मगाउने आदेश दिएको छ।

आइतबार न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको इजलासले दैलेख जिल्ला अदालतबाट २०४७ साल असार १४ गते र तत्कालिन पुनरावेदन अदालत सुर्खेतबाट २०५० पुस ६ गते भएको फैसला सक्कल मिसिल छिटो माध्यमबाट झिकाउन आदेश दिएको हो।

त्यस्तै सर्वोच्च अदालतबाट २०५७ असोज २ गते भएको सोही मुद्दाको सक्कल मिसिल पनि झिकाउन आदेश दिएको छ। कीर्ते जालसाजीको मुद्दामा थापालाई सर्वोच्च अदालतले ६ महिना कैद र २५ रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्तिलाई मन्त्री बनाएको भनी पत्रकार सूर्यमणि गौतमले रिट दायर गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *