निवर्तमान मन्त्री आलेको पहलमा २५ श्यया उपलब्ध

डिसी नेपाल
१ असार २०७८ २३:४७

काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल, डोटीका लागि रु सात लाख ५० हजार बराबरको २५ श्यया उपलब्ध गराइएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न श्यया अभाव भएको खबर आएपछि नेकपा (एमाले) का नेता आलेको पहलमा उक्त श्यया उपलब्ध गराइएको हो ।

स्व। मोहन गोपाल खेतानको सम्झनामा स्थापित परोपकारी संस्था अवसर पाउण्डेसन र गोरखा ब्रुअरी प्रालिले ती श्यया उपलब्ध गराएको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उक्त संस्थाका अध्यक्ष पिपी खेतानले आज आलेलाई सो सामग्री हस्तान्तरण गरेका थिए । उपलब्ध भएका श्ययाहरु अबको केही दिनमा डोटी पुग्ने गरी पठाउने तयारी भएको छ । आलेले यस अघि पनि आफ्नै लगानीमा जिल्ला अस्पतालमा भरिएका अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर तथा औषधि वितरण गरेका थिए ।

जिल्लामा अस्पतालमा २५ श्यया थप आउने भएपछि यहाँका नागरिकमा खुशीयाली छाउनुका साथै बिरामीको उपचारमा गर्न सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *