रिलायबल इन्स्योरेन्सले असार मशान्तसम्म बिलम्ब शुल्क शतप्रतिशत छुट दिने

डिसी नेपाल
३ असार २०७८ २०:५३

काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले कोराना महामारीका कारण बीमालेख नवीकरण गर्न छुटेकाहरुले यही असार मशान्तसम्म बीमालेख नवीकरण गरेमा बिलम्ब शुल्कमा शतप्रतिशत छुटपाउने भएका छन्।

सो कम्पनीले विहीबार एक सूचना जारी गर्दै बिलम्ब शुल्क छुट दिने निर्णय गरिएको जानकारी दिएको छ। अनलाइनमार्फत, इसेवा, आईएमई पे, कनेक्ट आईपीएस प्लेटफर्ममार्फत पनि बीमा शुल्क भुक्तानी गर्न सकिने सो कम्पनीले जनाएको छ। साथै विभिन्न बैंक तथा वित्तिय संस्थामा रहेका खातामा जम्मा गरेर पनि बीमा शुल्क भुक्तानी गर्न सकिने जनाएको छ। बैंक खाताबारे यस कम्पनीको वेबसाइट www.reliablelife.com.np  मा गएर बुझ्न सकिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *