टान फुड बैंकको वितरण प्रणालीप्रति ट्रेड युनियनहरुको आपत्ति

डिसी नेपाल
४ असार २०७८ १०:३५

काठमाडौं । कोरोना माहामारीको मारमा परेका पर्यटन क्षेत्रमा आवद्ध मजदुरलगायतलाई लक्षित गरी ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)ले स्थापना गरेको फुड बैंकको वितरण प्रणालीप्रति पर्यटन क्षेत्रका ट्रेड युनियनहरुले आपत्ति जनाएका छन् ।

स्थापनाकालमा उक्त फुड बैंकप्रति खुशी भएका पर्यटन क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरु पछिल्लो समय वितरण प्रणालीमा अनैतिकता भएको भन्दै एक विज्ञप्तीमार्फत आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, पर्यटन श्रमिकहरुलाई सहयोग पुर्याउने हेतुले स्थापना गरेको टानको उक्त कार्यलाई नेपालको पर्यटन क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरु र श्रमिकले केहि आशा गरेका थिए ।

तर, पछिल्लो सयम टानमा दर्ता भएका ट्रेकिङ्ग कम्पनीहरुले सिफारिस गरेको पर्यटन श्रमिकहरुलाई मात्र टान फुड बैंकको खाद्य सामाग्री उपलब्ध गराउने टानले जनायो । साथै, टानले सूचना टाँस गरेरै नागरिकताको प्रतिलिपि वा पर्यटन श्रमिक परिचयपत्र र टानको सदस्य कम्पनीको सिफारिस माग गरेको छ ।

त्यस्तै, सोही टानको निर्णयलाई गैर जिम्मेवारपूर्ण भएको जोटुफका सचिव तथा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)का अध्यक्ष राम काजी तिवारी प्रयासले बताए ।

टानमा नविकरण नभएका कम्पनीहरुले सिफारिस गरेका र फ्रिलाइन्सर श्रमिकहरुलाई टान फुड बैंकको खाद्य सामाग्रीबाट वञ्चित गराउने टानको रणनीतिप्रति जोटुफ र आवद्ध क्रियाशिल ट्रेड युनियनहरु घोर भत्सर्ना तथा खेद प्रकट गर्छ, विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा टान फुड बैंक वितरण तथा परिचालन अघि बढाइएमा जोटुफ र जोटुफ आवद्ध पाँच वटै ट्रेड युनियनहरु सशक्त प्रतिवाद र प्रतिकार समेत गर्न बाध्य हुने र त्यसबाट हुन सक्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिको जिम्मेवारी स्वयं टान हुनुपर्ने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *