सुनको मूल्य ह्वात्तै घट्यो
काठमाडौं। साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो।
यो सँगै सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो।
आज तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। विहिबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment