तटीय क्षेत्रका बासिन्दा त्रसित भइरहँदा चिनियाँ टोली तामाकोशीमा
काठमाडौं। तामाकोशीको सहायक नदीको बहाव खुलाउन चिनियाँ टोली परिचालन भएको छ। सीमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको बहाव खुलाउन चिनियाँ टोली परिचालन भएको हो।
तामाकोशी नदीको सहायक नदी रोङसी थुनिँदा बाँध फुटेर कुनै पनि बेला नेपालको दोलखासहितका जिल्लामा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासीन्दालाई सचेत हुन आग्रह गरिएको छ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शनिबार चिनियाँ टोली परिचालन भएको जानकारी आएको बताए। उनले अप्रिय अवस्था आउन नदिन सबै सचेत रहनु पर्ने बताए।
नेपालबाट नदी बन्द भएको ठाउँमा जान असम्भव रहेकोले चिनियाँ टोली खटिएको उनको भनाई छ। चिनियाँ क्षेत्रका केही बस्तीहरु पनि डुबानमा पर्न सक्ने बताइएको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गरी सचेत रहन आग्रह गरेपछि तटीय क्षेत्रका बासिन्दाहरु त्रसित बनेर बसी रहेका छन।
बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय समेत खाली गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment