नेपालका मोस्ट वान्टेड अपराधी भारतमा पक्राउ, डेढ करोड नपाएपछि हत्या गरेर भागेका थिए – Dcnepal

नेपालका मोस्ट वान्टेड अपराधी भारतमा पक्राउ, डेढ करोड नपाएपछि हत्या गरेर भागेका थिए

काडमाडौं। नेपालमा अपहरण गरेर डेढ करोड फिरौती माग्दा फिरौती नपाएपछि अपहरित व्यक्तिको हत्या गरेर फरार कुख्यात अपराधी भारतमा पक्राउ परेका छन् । इन्टरपोलको रेड कर्जर नोटिसपछि भारतको बिहार राज्यको सुपौल पुलिसले नेपालमा अपराध गरेर फरार राजकुमार यादवलाई पक्राउ गरेको हो । उनीमाथि सिराहा जिल्लाको बैरियापट्टीका सोमनाथ यादवको अपहरणपछि हत्या सहित दर्जनौं अपराधको आरोप छ ।

राजकुमारले गएको ९ अप्रिलमा सोमनाथको अपहरण गरेका थिए । त्यसपछि उनको गिरोहले डेढ करोड नेपाली रुपैयाँ फिरौती मागेका थिए । फिरौती नपाएपछि उनीहरुले १९ अप्रिलमा सोमनाथको गोली हानेर हत्या गरी फरार भएका थिए । सुपौलका एसपी मनोज कुमारका अनुसार हरयाणाको गुरुग्राममा पक्राउ परेका उनलाई बिहीबार सुपौल ल्याइएको हो । टाइम्स अफ इण्डियाका अनुसार राजकुमारको पहिचानका लागि नेपाली अधिकारीहरु र पीडित सोमनाथका परिवार समेत सुपौल गएका थिए । पहिचानपछि राजकुमारलाई जेलमा हालिएको छ ।

राजकुमार नेपालमा फिरौतीका लागि अपहरण र हत्याका विभिन्न १३ केसमा वान्टेड छन् । यीमध्ये १२ केस सिराहा जिल्लाका फरक फरक पुलिस स्टेशनमा दर्ता भएका छन् भने एउटा केस सप्तरी जिल्लामा छ । उनी बम विष्फोटको केसमा समेत वान्टेड छन् । नेपाली वा माओवादी नामले समेत चिनिने राजकुमार नेपाली नागरिक हुन् । उनका सिराहामा पत्नी र २ छोराछोरी छन् । एसपी मनोज कुमारका अनुसार राजकुमार आफ्नो पहिचान लुकाउन गुरुग्राममा बेकरीमा काम गरेर बसेका थिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो