विदेश जाने प्रयोजनका लागि तोकिएका प्रयोगशालालाई मात्र परीक्षण अनुमति
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै विदेश जानेको प्रयोजनका लागि सबै सरकारी प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल र ‘ए’ वर्गका निजी प्रयोगशालाबाहेक अन्यलाई अनुमति नदिएको स्पष्ट पारेका छन् ।
केही सञ्चारमाध्यममा अन्य प्रयोगशालालाई पनि विदेश जाने प्रयोजनका लागि पीसीआर गर्न अनुमति दिएको समाचार आएको भन्दै उनले मन्त्रालयको आधिकारिक जानकारी नलिई सर्वसाधारणलाई अप्ठ्यारो पर्ने खालका सूचना प्रकाशन नगर्न अनुरोध गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment