अमेरिकाको हवाइबाट नेपालीले गरे आविष्कार केन्द्रलाई सहयोग

डिसी नेपाल
६ असार २०७८ १०:४३
2.6k
Shares

अमेरिका। अरु राज्यमा भन्दा कम नेपालीहरुको बसोबास रहेको अमेरिकाको सुन्दर टापु हवाईमा बसोबास गर्ने नेपालीहरुले ९ हजार ५ सय रकम संकलन गरी राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई पठाएका छन्।

केन्द्रका प्रमुख बैज्ञानिक महाबीर पुन अमेरिका भ्रमणका क्रममा गतसाता हवाइ पुुग्दा त्यहां बस्ने नेपालीहरु भेला भई सहयोग रकम संकलन गरेका थिए। हवाइस्थित नेपालीहरुको साझा संस्था स्नेहामार्फत पुनसँग भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको र आर्थिक संकलन गरी पुन नेतृत्वको आविष्कार केन्द्रलाई सो रकम पठाइएको स्थानीय समाजसेवी सूर्यलक्ष्मी सुवालले डिसी नेपाललाई जानकारी दिइन्।

सुवालका अनुसार, नेपालीहरुद्वार महाबीर पुनको स्वागतमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत जेम्स एफ मोरियार्टी र उनकी पत्नी तथा कुटनीतिज्ञ लौरेन मोरियार्टीको पनि उपस्थिति थियो।

कार्यक्रममा डा. पुनले आविष्कार केन्द्रले नेपालको स्वास्थ्यसेवामा प्रविधिको विकासका क्षेत्रमा पुर्याएको योगदानबारे विस्तृत जानकारी दिँदै कोरोना महामारीको चपेटामा परेको बेला आफ्नो मुलुकलाई केन्द्रका माध्यमबाट मद्दत गररहेको बताएका थिए।
कार्यक्रममा हवाइका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समेत सहभागिता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *