निषेधाज्ञा एक हप्ता थप्ने तयारी

डिसी नेपाल
६ असार २०७८ ११:१७

काठमाडौ।पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समयावधि सकिन लागेपछि निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।

आज अपरान्ह बस्ने बैठकमा निषेधाज्ञाको मोडालिटीका विषयमा छलफल हुने भएको हो। स्रोतका अनुसार निषेधाज्ञालाई केही खुलुलो बनाएर एक हप्ता थप गर्ने तयारी भएको छ। अब निश्चित समय दिएर कपडा पसललगायत पनि खुल्न दिनेबारे छलफल भइरहेको छ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ। जोररबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन।

सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन्। वैठकले यस विषयमा निर्णय गर्नेछ। किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ। यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ।

निजी तथा सार्वजनिक निर्माणको क्षेत्रमा काम गर्न यस अघि खुला गरिएको थियो। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही भाेलि रातिदेखि सकिँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *