गत २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

डिसी नेपाल
६ असार २०७८ १६:२७

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६७७ पीसीआर परीक्षण गर्दा १ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २४९ परीक्षण गर्दा १ हजार २१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ५१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५५ हजार ५३२ जना आइसोलेसनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *