ललितपुरमा २२६ पत्रकारले भेरोसेल खोप लगाए

डिसी नेपाल
६ असार २०७८ १७:३४
40
Shares

ललितपुर । चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो ।

ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए । उनले भने, “१८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाउनुभयो । दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ ।” ललितपुर शाखामा आवद्ध कूल सङ्ख्यामा बाँकी २४७ ले भने कोभिसिल्ड खोप लगाइसकेका न्यौपानेको बुझाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *