पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको आदेश

डिसी नेपाल
६ असार २०७८ १७:४६
48
Shares

काठमाडौं। पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्च अदालतले सरकारका नाममा उत्प्रेषण आदेश दिएको छ। पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका नाममा आदेश दिएको हो। सर्वोच्च अदालतले पहिलो खोप लगाएका पत्रकारलाई दोस्रो र पहिलो खोप नलगाएका पत्रकारलाई पहिलो खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *